सेवा निवृत्त भएका पूर्व कर्मचारीको मासिक निवृत्तिभरण रकम अब विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट सिधै व्यक्तिको खातामा हन्तान्तरण हुने भएको छ । अब पेन्सन नै बुझ्न बैंक तथा तोकिएको स्थान धाउनुपर्ने बाध्यता हटेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबारबाट यो प्रणाली शुरु गरिएको हो । निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्र सेवक कर्मचारी प्रत्यक्ष लाभान्वित हुने बताए ।
यो प्रणालीबाट निवृत्तभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम तोकिएको समयमै सम्बन्धित व्यक्तिको खातामा सरकारी कोषबाट भुक्तानी हुने भएका हो ।
तपाइँको प्रतिक्रीया