२०८२ असार १६ सोमबार

राशिफल

सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट सो सभा सम्पन्न भएको हो ।

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा अन्य कुनै नियमनकारी निकायबाट फेरबदल वा संसोधन गर्न निर्देशन भएमा सो बमोजिम कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । सभाले संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पारित गरेको छ ।