२०८२ जेठ २५ शनिवार

राशिफल

देउवा, प्रचण्ड र नेपालबीच प्रदेशमा सत्ता सहकार्यका विषयमा छलफल

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच प्रदेशमा सत्ता सहकार्यका विषयमा छलफल भएको छ ।

देउवा निवासमा करिब एक घण्टा भएको छलफलमा प्रदेश सरकारहरुका विषयमा छलफल भएको हो । हाललाई भने प्रदेश २ मा तत्काल कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।

प्रदेश २ मा जसपा अध्यक्ष उपेन्द्र यादव निकट नेता लालबाबु राउत मुख्यमन्त्री छन् । राउतले जसपाका मन्थ ठाकुर पक्षलाई सरकारबाटै हटाएर कांग्रेस र माओवादीलाई सरकारमा लैजाने तयारी गरेका छन् ।