२०८२ जेठ २६ आइतबार

राशिफल

भारतमा मोदीको नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खाद्यान दिने घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खाद्यान दिने घोषणा गरेका छन्।

मोदीले सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै कोरोनालाई शताब्दीकै सबैभन्दा ठूलो महामारी भएको बताउँदै भारतीय सरकार जनताको साथमा रहेको उल्लेख गरेका हुन् ।

८० करोड मानिसलाई नोभेम्बरसम्म हरेक महिना तोकिएको मात्रामा खाद्यान्न सित्तैमा उपलब्ध गराइनेछ मोदीले भनेका छन्।

उनले जुन २१ देखि सबै नागरिकलाई केन्द्र सरकारले नि:निशुल्क कोरोनाभाइरस विरूद्धको खोप उपलब्ध गराउनेसमेत घोषणा गरे। राज्य सरकारले खोपमा पैसा खर्च गर्नु नपर्ने उनले बताए ।