२०८२ जेठ २५ शनिवार

राशिफल

नेपाल जोर्डनसंग ३–० गोल अन्तरले पराजित

२०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३–० गोल अन्तरले पराजित भएको छ ।

यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वासी रहेको नेपालले जोर्डन विरुद्ध गोल गर्न सकेन ।

रोहित चन्दले विपक्षी खेलाडीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा खेलको २४औं मिनेटमा फैसन सैफ बाहाले गोल गरेका थिए । उनले पछि पनि अर्को गोल थपे । याजान अलाभाबले एक गोल गरे ।

नेपालका गोलकिपर किरण चेन्जोङले राम्रो बचाउ गरेर नेपालको गोल संख्या घटनाएका थिए । ७ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको नेपालल अब अष्ट्रेलियासंग खेल्न बाँकी छ ।