संस्कृतिविद् एवं कलाकार एकाराम सिंहको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको ५३ वर्षको उमेरमा निधन भएको हो ।
कपनस्थित करूणा अस्पतालको आइसियुमा उपचाररत उनको सामबार निधन भएको बुझिएको छ ।
उनले राणा प्रधानमन्त्री एवं राजपरिवारका सदस्यहरूको कैयौं चित्र कोरेका छन् । उनले लिच्छविदेखि मध्यकालसम्मका संस्कृति झल्किने विभिन्न चित्रकला समेत उतारेका छन् ।
बाल साहित्यमा पनि उनको भूमिकालाई विशेष मानिन्छ । उनले काठमाडौं महानगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा समावेश हुने चित्रकला तयार पारेका थिए ।
तपाइँको प्रतिक्रीया