२०८२ असार १ आइतबार

राशिफल

मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरे

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनलाई एमालेको माधव नेपाल पक्षको साथ थियो ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा ५१ जना सांसद उपस्थित भएकोमा मुख्यमन्त्रीको पक्षमा ३० मत आएको छ। कांग्रेस भने तथस्ट बसेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ र जसपाका २ गरी ९ जनाले विपक्षमा मतदान गरेका थिए।