२०८२ जेठ २२ बुधबार

राशिफल

निषेधाज्ञाको उल्लंघन गर्ने भाटभटेनीलाई ४ लाख जरिवाना

निषेधाज्ञाको उल्लंघन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वरस्थित सुपरमार्केट भाटभटेनीलाई ४ लाख जरिवाना तिर्न आदेश दिएको छ।

निषेधाज्ञाको उल्लंघन गर्दै भाटभटेनी खोलेपछि कोटेश्वरका म्यानेजर सागर गुरूङलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार व्यक्तिले उल्लंघन गरेमा एक लाख र संस्थाले उल्लंघन गरे पाँच लाखसम्म जरिवाना तिराउन सक्ने प्रावधान छ।