२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कोरोनाको दोहोरो मारमा चलचित्र उद्योग: बजेट सच्याउन माग

कोरोनाले पर्यटनसँगै सबैभन्दा बढी प्रभाव चलचित्र क्षेत्रमा पारेको छ । पहिलो चरणमा गत वर्षको कोरोना संक्रमणपछि माथि उठ्न नसकेको नेपाली चलचित्र उद्योग दोस्रो लहरसँगै थला नै परेको छ ।

यसै विषयमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुममार्फत ‘कोरोना महामारी: नेपाली चलचित्र’ क्षेत्र विषयक छलफल आयोजना गरेको छ ।

छलफलमा चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले चलचित्र उद्योग भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता कारणले धरासायी अवस्थामा पुगेको बताए। उनले भने, ‘भूकम्पपछि गति लिँदै गएको चलचित्र उद्योगमा कोरोनाका कारण एक वर्षमा एक अर्बभन्दा बढी घाटा लागिसकेको छ ।’

चलचित्र कलाकारदेखि प्राविधिकसम्मले कोरोनाका कारण ठूलो समस्या ब्यहोर्नुपरेको सो अवसरमा बोल्ने वक्ताहरुले बताएका थिए । साथै उनीहरुले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र उद्योगसम्बन्धी नीतिगत स्पष्टता नआएकाले त्यसलाई सच्याउनसमेत माग गरेका थिए ।

चलचित्र निर्देशक महासङ्घका अध्यक्ष रक्षासिंह राणा, समालोचक सामीप्य तिमल्सिना लगायतले महिलालाई चलचित्रमा टिक्न अप्ठ्यारो हुने गरेको भन्दै कोरोना महामारी पलायन हुन लागेको बताए ।

नेपालभर करिब ३ सय चलचित्र घर छन् ।