अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई एक खिल्ली गाँजा उपहार दिने भएको छ ।
‘जोइन्ट्स फर ज्याब्स’ नामक उक्त कार्यक्रम घोषणा गर्दै जुलाई १२ सम्म खोप लगाउँदा गाँजा खान पाइने व्यवस्था गरेको हो । यसबाट युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने आशा गरिएको छ।
वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन्।
खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए।
तपाइँको प्रतिक्रीया