कांग्रेसले क्यान्सर अस्पताललाई क्यान्सर संस्थान मातहत ल्याउने निर्णयको विरोध गरेको छ।
सरकारले बजेटमार्फत् भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई संस्थान मातहत ल्याउने निर्णय गरेको थियो ।
कांग्रेसले गम्भीर विमर्शपछि मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील विषयलाई हाल यथाअवस्थामै राख्न चेतावनी दिएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अलग्गै विवादास्पद संरचना मातहतमा ल्याउने र अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्यनियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु निस्तान्त गलत हो ।’
तपाइँको प्रतिक्रीया