नेपाली कांग्रेसनिकट युवाहरुको संजाल विपि स्टडी युथ सर्कलले लकडाउनको समयमा समस्यामा परेकाहरुका लागि खाना वितरण गरिरहेको छ । सामाजिक उत्तरदायित्व र सहयोगी भावना राखेर युवाहरुको समूहले काठमाडौं लगायत देशभरका विभिन्न स्थानमा यस्तो अभियान चालेको हो ।
कांग्रेस युवा नेता भुपेन्द्र जङ शाही, युथ सर्कलका अध्यक्ष ऋषि कोइराला, बागमति प्रदेश अध्यक्ष सुमन गिरीलगायतका युवाहरुको सक्रियतामा थालिएको यस्तो कार्यक्रमबाट दैनिक सयौंले लाभ लिइरहेका छन् ।
यसअघि युथ सर्कलले दैनिक मजदुरी गरेर जीवन चलाउनेलाई खाद्यान्न वितरण गरेको थियो । काठमाडौंका विभिन्न स्थानमा भइरहेको खाना वितरण कार्यक्रम लकडान अवधिभर संचालन हुनेछ ।
यो अभियानमा देश तथा विदेशमा रहेका नेपालीले आर्थिक सहयोगसमेत गरिरहेका छन् । विपि युथ सर्कलका युवाहरु पनि खाना बनाउने र खुवाउने काममा सक्रिय भएर लागेका छन् । ‘सेवा नै धर्म हो’ भन्ने नाराका साथ सहयोग अभियान थालेको युथ सर्कलका अध्यक्ष ऋषि कोइरालाले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया