२०८२ जेठ २२ बुधबार

राशिफल

विदेशी लगानी भित्र्याउन अब राष्ट्र बैंकको स्वीकृति नचाहिने

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ जारी गरेको छ। जसअनुसार वैदेशिक लगानी भित्र्याउन अब राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ।

अब लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट लगानी स्वीकृति प्राप्त गरेपश्चात सोवापतको विदेशी मुद्रा भित्र्याउन पूर्व स्वीकृति अनिवार्य हुने छैन। तर विदेशी लगानी स्वीकृत भएपश्चात भित्र्याउनुपूर्व लिखित जानकारी गराउनुपर्नेछ।

यद्यपि सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी वापतको मुद्रा नेपाल भित्र्याउन भने राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने छ।