२०८२ असार १ आइतबार

राशिफल

२०७८ भदौमा पार्टीको महाधिवेशन हुन्छ: देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् ।

एक वक्तव्य जारी गर्दै पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको बताएका छन् ।

देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो ।’