प्रदेश २ सरकारमा कांग्रेस पनि सहभागी हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयसहित कांग्रेस सांसदले बुधबार नै शपथ लिने तयारी गरेका हुन् ।
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र कांग्रेसबीच सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको हो ।
कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने छन् ।
तपाइँको प्रतिक्रीया