२०८२ असार ३ मङ्गलबार

राशिफल

गण्डकी प्रदेशमा रातारात दीपक मनाङे विपक्षी गठबन्धनको साथमा आएपछि…

गण्डकी प्रदेशका प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) ले सत्ता पक्षको साथ छाडेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्रीसमेत रहेका उनले साथ छाडेका हुन् ।

अब कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ । दोस्रो पटक मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले २७ गते प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

यसअघि राष्ट्रिय जनमोर्चाले पदमुक्त गरेका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि विपक्षीको बहुमत नपुग्ने देखिएको थियो । गुरुङको साथपछि बहुमत पुग्ने देखिएको हो ।

विश्वासको मत नपाएपछि अर्को सरकार नबन्ने भएकाले प्रदेशसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गर्ने मुख्यमन्त्री गुरुङको तयारी थियो ।