उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडा नकाटिने बताएका छन्।
नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको बहस कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडा नकाटिने स्पष्ट पारेका हुन्।
सिद्धबाबाको डाँडा काटेर त्यहाँको यात्रालाई सहज बनाउन आफूलाई सुझाव आएको भए पनि आफूले त्यसको विरोध गरेर चुरे संरक्षणको महत्वलाई स्थापित गर्न पहल गरेको उनको भनाइ छ।
उनले भने, ‘कतिपय व्यक्तिले सिद्धबाबाको डाँडा सम्म परेर माटो, ढुंगा हटाएर त्यहाँको यात्रालाई सुरक्षित गर्न सकिन्छ भनेर सुझाव नदिएका होइनन्। तर म स्वयंले त्यो डाँडाको खानीजन्य पद्धार्थ निष्काशन गर्ने कुराको सख्त विरोध गरेँ। सिद्धबाबाको डाँडा खनेर यात्रा सुरक्षित गर्ने होइन, त्यहाँ सुरूङ मार्गको व्यवस्थित प्रबन्ध गरेर चुरे दोहन र उत्खननबाट जोगिनुपर्छ भन्ने मान्यताका साथ हामी सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्दैछौँ।’
तपाइँको प्रतिक्रीया