२०८२ जेठ २५ शनिवार

राशिफल

कट्रिना कैफ र विक्की कौशल प्रेममा ?

बलिउड नायक हर्षवर्धन कपुरले नायिका कट्रिना कैफ र नायक विक्की कौशल प्रेममा रहेको बताएका छन् । केही दिनअघि विक्की कट्रिनाको अपार्टमेन्टमा केही घन्टा बसेका थिए । यसपछि, भारतीय मिडियामा उनीहरुको प्रेम चर्चा चुलिएका बेला कपुरले यस्तो बताएका हुन् ।

एक अन्तरवार्ताका क्रममा हर्षवर्धनले यो कुरा खुलाएका हुन् । एक अन्तरवार्तामा हर्षवर्धनलाई बलिउडका कुन कलाकारको प्रेम सम्बन्धलाई तपाई साँचो वा पीआरको खेल मान्नुहुन्छ भनेर सोधिएको थियो । जसमा हर्षवर्धनले भनेका छन्, ‘विक्की र कट्रिना साथमा छन् र यो साँचो कुरा हो । तर, यो कुरा भनेर कतै म समस्यामा त पर्दिनँ नि ?’