२०८२ असार १ आइतबार

राशिफल

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै, यी हुन् सम्भावित मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । ओलीले हाल आफूले सम्हाल्दै आएका उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमध्ये अधिकांशमा मन्त्रीको शपथ गराउने तयारी गरेका हुन् ।

गृहमा खगराज अधिकारी, सञ्चारमा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा, संघीय मामिला तथा सामान्य प्रशासनमा माधव नेपाल पक्षका मानिने गणेश पहाडी, उद्योग वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, वन तथा वातावरणमा नारदमुनी राना र कृषिमा ज्वाला कुमारी साहको नाम चर्चामा छ ।