केपी शर्मा ओली मन्त्रिमण्डलमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बहुमत संख्या पुगेको छ । बिहीबार एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले एमन्त्रिमण्डल पुर्नगठन गरेपछि यस्तो अवस्था आएको हो ।
ओलीले २५ सदस्यीय मन्त्रीमण्डलमा १४ जना प्रदेश नम्बर २ बाट बनाएका छन्।
रघुवीर महासेठ उपप्रधानमन्त्री, राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्री, शरदसिंह भण्डारी ऊर्जा मन्त्री, अनिलकुमार झा खानेपानी मन्त्री, लक्ष्मणलाल कर्ण भूमि सुधार, एकवाल मियाँ खेलकुद मन्त्री, लीलानाथ श्रेष्ठ कानुन मन्त्री, विमल श्रीवास्तव श्रममन्त्री, उमाशंकर अरगरिया, पर्यटन मन्त्री, चन्दा चौधरी महिला तथा बालबालिका मन्त्री, नुका गुरूङ महिला राज्यमन्त्री र चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री प्रदेश २ का हुन् ।
त्यस्तै, बिहीबार मन्त्री बन्नेहरुमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चार मन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विक रहेका छन् ।
तपाइँको प्रतिक्रीया