२०८२ जेठ २१ मङ्गलबार

राशिफल

धरहराको टुप्पोमा पुगेर राजेश हमालले केक काटे

अभिनेता राजेश हमालले आफ्नो जन्मदिनमा धरहराबाट केक काटेका छन्। हमालले धरहराको कौशीबाट आफ्नो जन्मदिनको केक काटेका हुन्।

श्रीमती मधु र अन्य केही साथीहरुसहित उनी जन्मदिनको केक काट्न धरहरा पुगेका थिए।
उनले धर्म सेवा समितिमा पुगेरसमेत जन्मदिनको अवसरमा सामग्री वितरण गरेका छन्।

उनले जन्म दिनको अवसरमा बालबालिकाहरुसँग समेत समय विताएका छन्।