कांग्रेस गण्डकी प्रदेशले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका छन् ।
अब संविधानको धारा १६८ (५) अनसार मुख्यमन्त्री नियुक्तिका लागि दाबी गर्ने संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । पोखरेललाई मुख्यमन्त्री बनाउन कांग्रेस १५, माओवादी ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद सहमत देखिएका छन् ।
स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि विपक्षमा आएका छन् ।
तपाइँको प्रतिक्रीया