डीभी चिट्ठा परेर अमेरिका गएका नेपाली भरतराज ओलीको मृत्यु भएको छ । अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा मस्तिष्क श्राव हुँदा उनको मृत्यु भएको हो ।
गत जून ४ का दिन मस्तिष्कघात भएपछि उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षीय ओलीको उपचार भने सम्भव भएन ।
उनका आमा, पत्नी, २ वर्षका छोरा र दुई दिदीबहिनी छन् ।
तपाइँको प्रतिक्रीया