२०८२ असार १ आइतबार

राशिफल

गृह मन्त्रालयले दियो ७७ वटै जिल्ला प्रशासनलाई यस्तो निर्देशन

गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीको निर्देशनमा मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

मन्त्रालयले सरकारले सञ्चालन गरेका विकास आयोजना तोकिएको समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय, सहजिकरण एवं अनुगमन गरी विकास कार्यमा तीव्रता दिन समेत निर्देशन दिएको छ ।

सीमा नाकासँग जोडिएका जिल्लाले नाकाबाट हुने आवागमनलाई व्यवस्थित, गृह मन्त्रालय र अन्तर्गतका सम्पूर्ण निजामती तथा प्रहरी कर्मचारीले उच्च मनोबलका साथ जनगुनासो नआउने गरी कानूनको पुर्णपालना, मानवअधिकार रक्षा र कोरोनासँग सम्बन्धित विषय पत्रमा समेटिएका छन् ।