२०८२ जेठ २७ सोमबार

राशिफल

पोखरीमा डुबेर धनुषाका पाँच बालिकाको ज्यान गयो

पोखरीमा डुबेर धनुषाका पाँच बालिकाको ज्यान गएको छ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर ती बालिकाको ज्यान गएको हो ।

पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेर समूहका ५ जना बालिकाको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाकाले जानकारी दिएको छ ।