२०८२ असार १ आइतबार

राशिफल

१४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। आफ्नै निवास बुढानिलकण्ठमा शनिबार दिउँसो २ बजे देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

बैठकमा १४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको छ।