२०८२ असार १ आइतबार

राशिफल

गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् ।

संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

अब २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्नुपर्ने हुन्छ ।

विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।