बहुमत प्रदेश सांसदहरुको हस्ताक्षरसहित गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
उनले कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गरेका हुन् ।
बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
६० सदस्य प्रदेशसभा रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । उनी ३१ सांसदहरुसहित प्रदेशसभा पुगेका हुन् ।
तपाइँको प्रतिक्रीया