२०८२ जेठ २० सोमबार

राशिफल

काठमाडौंमा बाटोमा हिँडिरहेकी महिलाको घाँटीबाट सुनको सिक्री चोरियो

बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी महिलाको घाँटीबाट करिब एक तोला सुनको सिक्री लुटपाट भएको छ।

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट भएको छ ।

लुटपाटको अभियोगमा काठमाडौं पकनाजोल बस्ने प्यूठान झिमरुक गाउँपालिका–१ घर भएका २८ वर्षीय नवीन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ चमती विनायक बस्तीबाट उनलाई सिक्रीसहित पक्राउ गरेको हो।