२०८२ जेठ २६ आइतबार

राशिफल

सामाजिक सुरक्षा कोषका व्यवस्थालाई सहज र अनुकुल बनाउन मन्त्रीसमक्ष बैंकरहरुले आग्रह

सामाजिक सुरक्षा कोषका केही व्यवस्थालाई सहज र अनुकुल बनाउन बैंकरहरुले आग्रह गरेका छन्। नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलप्रसाद वास्तवलाई नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीले भेटेर यस्तो आग्रह गरेका हुन् ।

भेटवार्ताका क्रममा मन्त्री वास्तवले कोषका व्यवस्थालाई सहजीकरण गरेर लैजानका लागि आफू सकारात्मक रहेको जनाए।

बैंकरहरुले समय थपेर केही विषयहरुमा संशोधन गरेर अघि बढ्न आग्रह गरेका थिए ।

सामाजिक सुरक्षा कोषले सरकारी र निजी कर्मचारीलाई विभेद गरेको, बचत गरेको रकम झिक्न कि जागिर छाड्नुपर्ने वा ६० पुग्नुपर्ने व्यवस्था रहेको, कोषले दिने पेन्सन प्रचलित ब्याजभन्दा कम र साँवा गुग्ने अवस्था भएको लगायतका विषयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले असन्तुष्टि जनाउँदै आएका छन् ।