नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले कोरोना भाइरसविरुद्धको खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने भएको छ ।
संघले नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।
संघले दोस्रो लहरको कोरोना संक्रमणका कारण ट्यांकर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन भएकोसमेत बताएको छ ।
तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदासमेत बेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको छ ।
तपाइँको प्रतिक्रीया