२०८२ जेठ २१ मङ्गलबार

राशिफल

एकमुष्ट रुपमा सेयर खरिदको व्यवस्था हट्यो

एकमुष्ट रुपमा सेयर खरिद आदेशको व्यवस्था (अल अर नन) हटेको छ। नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाएसँगै आइतबारदेखि कार्यान्वयन हुनेगरी यो व्यवस्था हटाइएको हो ।

बिक्रीतर्फको व्यवस्थामा भने हटेको छैन । अब सेयर खरिद गर्न चाहनेले राख्ने आदेशमा सेयरको संख्या थोरै थोरै मात्रामा खरिद हुन सक्नेछ।

अब सेयर खरिद गर्नेले पटक–पटक गरेर मात्र ठूलो मात्रामा सेयर खरिद गर्न पाउनेछ । खरिद अर्डरमा एओएनको व्यवस्था हटेसँगै अब ठूलो मात्राको सेयर खरिदका लागि धेरै पटक कारोबार हुनेछ।