काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई एक साता थप गरिने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा विकास निर्माणका काम र कृषिका कामलाई केही सहज बनाइने भएको छ। खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ।
शैक्षिक सत्र सुरु हुने वेला भएकाले प्रशासनले पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । हार्डवेयर पसल लाई अपरान्ह ४ बजेपछि खोल्ने निर्णय भएको छ ।
तपाइँको प्रतिक्रीया