निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई ४ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई सो जरिवाना तिराइएको हो ।
होटलमा सेवाग्राहीको रुपमा गएर हो–हल्ला गर्ने थप ८ जनालाई पनि जरिवाना तिराइएको छ । उनीहरुलाई १५ हजार रुपैयाँको दरले जरिवाना तिराइएको हो ।
प्रशासनले लगाएको निषेधको आदेश उल्लंघन गरे व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।
तपाइँको प्रतिक्रीया