२०८२ जेठ २१ मङ्गलबार

राशिफल

ट्विटरमा किन चल्यो करिना कपुर बहिस्कार अभियान

आजभोलि चलचित्र ‘सीता’को मुख्य भूमिकामा नायिका करिना कपुरलाई अफर गरिएको खबर सार्वजनिक भइरहेको छ ।

यो भूमिकाका लागि करिनाले १२ करोड पारिश्रमिक मागेको खबर पनि भारतीय मिडियामा सार्वजनिक भएको थियो ।

यो खबर सार्वजनिक भएसँगै सामाजिक संजाल ट्विटरमा ‘करिना बहिष्कार’ अभियान नै चलेको छ ।

यो चलचित्रका लागि कुनै हिन्दु धर्ममा आस्था राख्ने नायिकालाई लिन धेरैले माग गरेका छन् । कतिपय प्रयोगकर्ताले त करिना तैमुर अली खानको आमा भएकाले पनि उनले ‘सीता’को भूमिका निर्वाह गर्न नसक्ने तर्क प्रस्तुत गरेका छन् ।