राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरुलाई विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउन निर्देशन दिएको छ ।
‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने छ ।
इकाइले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने छ । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
तपाइँको प्रतिक्रीया