नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) को आयोजनामा मूल्यांकन र मूल्यांकनकर्तालाई कोरोनाले पारेको असर र एसोसिएसनको भावी रणनीति विषयक भर्चुअल कार्यक्रम सम्पन्न भएको छ ।
एसोसिएसनका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा धितो मूल्यांकनकर्ता इन्जिनियरहरुलाई कोरोना खोपका लागि पहल गर्ने, मूल्यांकनकर्तालाई कोरोना महामारीले पारेको पिर–मर्काको जानकारी लिने र आवश्यक सहयोग गर्ने विषयमा छलफल भएको छ ।
साथै, कोरोना महामारीपछि मूल्यांकन विधि र प्रक्रिया कस्तो हुने भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ । गत वर्ष कोरोनाकालमा २० प्रतिशत कम रेटमा मूल्यांकन गर्न एसोसिएसनले निर्देशन दिएको थियो । यस वर्ष पनि के गर्न सकिन्छ भन्नेबारे अध्ययन गरेर निष्कर्ष निकालिने भएको हो ।
तपाइँको प्रतिक्रीया