पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लोविनको मात्रा कम भएपछि उनी सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका हुन् ।
यसअघि पनि कोरोना संक्रमण भएपछि खनाल अस्पताल भर्ना भएका थिए । उनी निको भएर घर फर्किएका थिए ।
उनको अवस्था अहिले सामान्य छ । हाल उनको विभिन्न परीक्षणहरु गरिएको छ र रिपोर्ट आउन बाँकी छ ।
तपाइँको प्रतिक्रीया