कांग्रेसले ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले सो नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।
यससँगै अब ७ जिल्लाबाट नामावली आउन बाँकी छ । सप्तरी, बारा, सिन्धुपाल्चोक, प्यूठान, बर्दिया, रुकुम पश्चिम र डडेलधुराबाट सदस्यता नामावली आउन सकेको छैन ।
हालसम्म सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी असार ६ गतेभित्र प्रमाणसहित केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा सम्पर्क गर्न सक्ने छन् ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन आगामी भदौ १६ गतेबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको विवाद मिलाउन नसकेपछि कांग्रेसले महाधिवेशनको मिति ९ दिन पछि सार्ने निर्णय गरेको हो ।
नामावली हेर्नका लागि तलको लिंकमा जानुहोला
तपाइँको प्रतिक्रीया