भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् ।
पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँगको छलफलमा उनले रेल विभागलाई लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् ।
रेल सञ्चालनका लागि अध्यादेश जारी हुँदाहुँदै पनि रेल सञ्चालन गर्न नसकेको भन्दै उनले लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्नुपर्ने बताए ।
तपाइँको प्रतिक्रीया