२०८२ जेठ २२ बुधबार

राशिफल

नेपाली राष्ट्रिय क्रिकेट टोलीको उत्कृष्ट जर्सी डिजाइन गर्नेलाई एक लाख पुरस्कार दिइने

नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले क्रिकेट टोलीको जर्सी डिजाइन खुला प्रतिस्पर्धाबाट गर्ने भएका छन् ।

क्रिकेट टिमको जर्सीको डिजाइनका लागि आह्वानसमेत गरिएको छ । डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको दुवै भागलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्नेछ । कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्नुपर्ने छ ।

उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख रुपैयाँ पाउनेछ । नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोस्रो श्रृङ्खलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ ।