अबदेखि वर्षायामको तीन महिना सडक खन्न नपाइने भएको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदिका लागि सडक खन्न नपाउने व्यवस्था गरेको हो ।
बर्खामा यी कार्य गर्दा तत्कालै मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले असार १ देखि भाद्र मसान्तसम्म सडक खन्न नपाइने जनाएको छ ।
सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिने र कसैले जर्बजस्ती सडक खनेको पाइएमा कारबाही गरिने एक विज्ञप्तिमा जनाइएको छ । हालको व्यवस्था अनुसार अब भदौ मसान्तसम्म सडक खन्न पाइने छैन ।
तपाइँको प्रतिक्रीया