सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाबाट कारबाहीमा परेका कृष्ण थापालाई सांसद पदबाट मुक्त गर्ने निर्णय सदर गरेको छ।
यसअघि पार्टी निर्णयअनुसार सांसद पदबाट पदमुक्त भएका थापालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर संसदमा पुनर्बहाली गरेको थियो।
उक्त निर्णयका विरुद्ध जनमोर्चा संसदीय दल गण्डकी, प्रदेश सभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारीले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए।
सो निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापाको सांसद पद खारेज गर्ने निर्णय सदर गरेको हो।
तपाइँको प्रतिक्रीया