गोली हानी हत्या गरिएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेको हत्यामा उनकै श्रीमती संलग्न रहेको खुलेको छ।
प्रहरीले लामो समयको अनुसन्धानपछि जेठ ५ गते हत्या गरिएका पाण्डेको घटनाका मुख्य योजनाकार ओमप्रकाश यादव र महिमा पाण्डे रहेको खुलेको छ।
श्रीमानलाई मार्न महिमा पाण्डेले यसपटक र पहिले पनि विभिन्न मानिस प्रयोग गरिरहेको प्रहरीले खुलासा गरेको हो ।
प्रहरीका अनुसार ओमप्रकाश र महिमा पाण्डेबीचको अनैतिक सम्बन्धका कारण पाँच वर्षदेखि ओमप्रकाश र दीपकबीच मनमुटाव थियो। सम्बन्धबाट दीपक चिढिएपछि महिमाले नै उनलाई मार्ने योजना बनाउन थालेकी थिइन् ।
तपाइँको प्रतिक्रीया