२०८२ असार १ आइतबार

राशिफल

के कुरा भयो, देउवा–प्रचण्ड र नेपालबीच ?

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

देउवा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । देउवा पुगेको केही समयपछि प्रचण्ड पनि नेपाल निवासमा पुगेका थिए ।

सो अवसरमा अदालतमा विचाराधीन मुद्धालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नवारे छलफल भएको बुझिएको छ । साथै, गण्डकी प्रदेशमा बनेको कांग्रेस नेतृत्वको सरकारका विषयमा पनि छलफल भएको थियो । अन्य प्रदेशमा पनि कसरी सहकार्य गरेर जान सकिन्छ भन्ने विषयमा छलफल भएको बुभmिएको छ ।

साथै, देउवा र प्रचण्डले नेपाललाई विपक्षी गठबन्धनको राजनीतिक एजेण्डामा साथ नछोड्न आग्रहसमेत गरेका थिए । देउवा र प्रचण्डको आग्रहमा नेता नेपालले आफू सधैँ गलत कदमको विपक्षमा उभिने बताएका थिए ।