काठमाडौं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।
असार ७ सम्म जारी निषेधाज्ञामा खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ। मर्निङवाकमा आउजाउ गर्नेलाई प्रहरीले रोक्ने छैन ।
विकास निर्माणको काम र सो काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपरान्ह ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ। होटलले अनलाइन डेलिभरी गर्न पाउने छन् । त्यस्तै, पुस्तक पसलहरु पनि खोल्न पाइने छ ।
बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ। सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ।
तपाइँको प्रतिक्रीया