२०८२ जेठ २४ शुक्रबार

राशिफल

कोरोना भाइरसले रुप बदल्यो, खोप लगाएकामा पनि देखिन थाल्यो संक्रमण

कोरोना संक्रमणको खतरनाक मानिएको डेल्टा भेरियन्ट अझै बढी आक्रामक बनेर आएको छ। भारत, बेलायतलगायतका देशमा रूप बदलेको कोरोना भाइरसका संक्रमित पाइएको हो ।

भारतमा छ राज्यका आठ जनामा यो भेरियन्ट पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म बिटा भेरियन्टमा पाइएको म्युटेसन (उत्परिवर्तन) अब डेल्टासम्म पुगेको हो, यसलाई डेल्टा प्लस भनिएको छ ।

कोरोना खोप लगाएकाहरुमा पनि यो संक्रमण देखिएको छ । यो म्युटेसन २९ मार्चदेखि ११ जूनका बीच अचानक देखिएको थियो ।