२०८२ जेठ २४ शुक्रबार

राशिफल

ट्यांकरका चालकलाई खोप दिने सहमति, आन्दोलन फिर्ता

इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ । कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भएको हो ।

ट्यांकर चालकलाई बुधबारदेखि एपीएफ अस्पताल बलम्बुमा खोप खोप उपलब्ध गराउने सहमति भएको छ । बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउन पाउने छन् ।

थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् । यस्तै अमलेखगञ्जका झण्डै १ हजार ४०० चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको छ ।