राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले तीज गीतका नाममा संस्कृति बिगार्ने खालका गीत संगीत प्रस्तुत नगर्न अनुरोध गरेको छ ।
एक अपिल सार्वजनिक गर्दै कतिपय तीज गीतको नाममा देखिएका विकृति, विसङ्गति, अभद्र श्रव्यदृश्यहरुप्रति समस्त दर्शक स्रोताहरुको गुनासो वर्षेनी आईरहने हुँदा त्यसतर्फ ध्यान दिन आग्रह गरिएको हो ।
अपिलमा भनिएको छ, ‘सम्पूर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रृव्यदृश्य निर्माणकर्ता एवं वितरकहरुमा सामाजिक सद्भावमा खलल पुर्याउने एवं अभद्र र नियतवश द्धिअर्थी अपाच्य शब्द सामाग्री प्रयोग गरि संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगरिदिनुहुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौं ।’
तपाइँको प्रतिक्रीया