२०८२ असार १० मङ्गलबार

राशिफल

धनुषाको शहिदनगर नगरपालिकामा बेरोजगारी दर्ता गर्न खुल्यो आवेदन

महिला शहिद सामुदायिक अध्ययन केन्द्र शहिदनगर नगरपालिका–३ द्वारा संचालित महिला शहिद सामुदायिक सिकाई केन्द्रले भविष्यमा जागिर गर्नेहरुका लागि अवसर प्रदान गर्ने भएको छ ।

एक सूचना जारी गर्दै सो नगरपालिका भित्रका बासिन्दालाई असार ८ गतेसम्म आफ्नो बायो डाटा पेश गर्नसमेत आह्वान गरिएको छ । माध्यमिक शिक्षा तथा सोभन्दा माथि पास गरेकाहरुले आवेदन दिन पाउनेछन् ।

केन्द्रका अध्यक्ष लालबाबु हाथीले जारी गरेको सूचनामा थप जानकारीका लागि ९८१४८८३८९९ र ९८००८४०५७० मा फोन गर्न अनुरोध गरिएको छ ।